काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्याले बैंकिङ क्षेत्रमा प्रभाव पार्दा चैत महिनासम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले उठाउन बाँकी ब्याज १८ अर्व ८ करोड ७६ लाख ५ हजार रुपैयाँ रहेको पाइएको छ । व्यवसायीहरुले ऋणको किस्ता तिर्न नसक्दा यस्तो अवस्था आएको हो ।
२० वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ब्याज उठाउन बाँकी नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको रहेको छ । बैंकको उठाउँन बाँकी ब्याज ४८६.८८ प्रतिशतले बढेर २ अर्ब ४५ करोड ३८ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकपछि हिमालयन बैंकले सबैभन्दै बढी ब्याज उठाउन बाँकी छ । हिमालयन बैंकले २ अर्ब १६ करोड ४७ लाख ९८ हजार रुपैयाँ उठाउन बाँकी छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४.४६ प्रतिशतले बढेको हो ।
त्यसैगरी, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक,एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, नबिल, प्राइम, नेपाल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकले उठाउन बाँकी ब्याजमा अग्रसरता देखाएका छन् ।
यता, स्टयाण्डर्ड चार्टर्ड बैंक र प्रभु बैंकले भने चालु आर्थिक वर्षको ९ महिनामा उठाउनु पर्नेभन्दा बढी ब्याज उठाएका छन् । स्टयाण्डर्ड चार्टर्ड बैंकले उठाउनु पर्नेभन्दा २३ करोड ८३ लाख ७ हजार रुपैयाँ बढी ब्याज उठाएको छ । यस्तै प्रभु बैंकले ९४ करोड ७० लाख १३ हजार रुपैयाँ बढी उठाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्