काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखा परिक्षण गर्न पाँच लेखापरिक्षक सर्टलिस्टमा परेका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न पाँच लेखापरीक्षक सर्टलिस्टमा परेको जनाएको हो ।
नेदरल्याण्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानी रहेको सीएससी एण्ड कम्पनी (प्राइस वाटरहाउस प्रालि), एसआरबीए एण्ड बीके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स, भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ प्रालि र पाकिस्तानको केपीएमजी तसिर हादी एण्ड कम्पनी सर्टलिस्टमा परेका हुन् ।
सर्टलिस्टमा परेका लेखापरिक्षकले छनौटमा परेका १० वाणिज्य बैंकको लेखा परिक्षण गर्नेछन् । लेखापरिक्षण आगामी जुनबाट सुरु हुने बुझिएको छ ।
सम्पत्तिको आधारमा ठूला १० वटा बैंकको ‘ऋण पोर्टफोलियो रिभ्यु’ हुनेछ । जसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, एनएमबि बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक पहिलो रोजाईमा हुनेछन्।
नेपालका बैंकहरुले धेरै ऋण लगानी गरेकाले बैंकहरुले कहाँ र कस्तो क्षेत्रमा कर्जा प्रवाह गरे र त्यसको अवस्था कस्तो छ भन्नेबारे थाहा पाउनलाई दश बैंकको सम्पत्ति गुणस्तर समीक्षा गर्न भनिएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्