काठमाडौँ । पछिल्लो ८ महिनामा विकास बैंकहरुले ३ अर्ब नाफा कमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा विकास बैंकहरुले ३ अर्ब १२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
फागुनसम्ममा विकास बैंकहरुले कमाएको खुद नाफा माघ महिनाको तुलनामा बढि हो । माघ महिनामा १६ विकास बैंकहरुले कुल २ अर्ब ५४ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
यसअवधिमा १६ विकास बैंकहरुमध्ये सबैभन्दा धेरै खुद नाफा मुक्तिनाथ विकास बैंकले आर्जन गरेको छ । फागुनमा मुक्तिनाथ विकास बैंकले ६५ करोड ९९ लाख रुपैयाँ कमाएको छ । त्यस्तै, धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंकभन्दा पछि रहेको गरिमा विकास बैंकले ६५ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, महालक्ष्मी विकास बैंकले ४० करोड ७४ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ३८ करोड १५ लाख, लुम्बिनी विकास बैंकले २७ करोड ९७ लाख, ज्योति विकास बैंकले २५ करोड ७७ लाख र सांग्रिला डेभलपमेन्ट बैंकले २१ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
त्यस्तै, समीक्षा अवधिमा कर्णाली डेभलपमेन्ट बैंकले ४ करोड ५४ लाख, मितेरी डेभलपमेन्ट बैंकले ४ करोड २ लाख, सिन्धु विकास बैंकले २ करोड, ग्रिन डेभलपमेन्ट बैंकले १ करोड ९४ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
चालु आर्थिक वर्षको फागुनसम्ममा नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र एक्सल डेभलपमेन्ट बैंकको खुद नाफा भने ऋणात्मक रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्