काठमाडौँ । पूर्व अर्थमन्त्री प्रकाश शरण महतले अड्काएर राखेको ब्रोकर कमिसन घटाउने नेपाल धितोपत्र बोर्डको सिफारिसलाई अन्तत: अर्थमन्त्री वर्षमान पुनले सदर गरिदिएका छन् । उनले सो सिफारिस सदर गरी आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशनसमेत दिइसकेका छन् ।
अव सो स्वीकृतिको फाइल बोर्ड आउनेछ । अर्थको स्वीकृति पाइसकेपछि बोर्डले आवश्यक प्रक्रिया पूरा गरी नेप्सेलाई यस विषयमा जानकारी गराउनेछ । त्यसपछि ब्रोकर कमिसनको घटोत्तरी कार्यान्वयनमा आउनेछ ।
‘हामीले निर्णय स्वीकृत गरेर आवश्यक प्रक्रिया अगाडि बढाइसकेका छौँ ।’ अर्थ मन्त्रालय स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘ब्रोकर कमिसन घट्ने वा नघट्ने भन्ने कुरा अव बोर्डकै निर्णयमा भर पर्छ ।’
ती अधिकारीका अनुसार बोर्डमा नयाँ अध्यक्ष भएपछिमात्र यो प्रक्रिया अगाडि बढाउने अडानमा बोर्डको अहिलेको काम चलाउ सञ्चालक समिति छ ।
बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकालमा बोर्डले गत कात्तिक १ गते ब्रोकर कमिसन घटाउने निर्णय गरेर स्वीकृतिका लागि मन्त्रालय पठाएका थिए । तर ब्रोकरहरूको चर्को विरोधपछि तत्कालीन अर्थमन्त्री रामशरण महतले सो फाइल मन्त्रालयमै अड्काएर राखेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्