×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैशाखमा बैंकहरुको बेस रेट घट्यो, तीन वाणिज्य बैंक बाहेक सबैको बेस रेट एकल अंकमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैशाखमा बैंकहरुको बेस रेट घट्यो, तीन वाणिज्य बैंक बाहेक सबैको बेस रेट एकल अंकमा

१३ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैशाख महिनामा बैंकहरुको आधार दर (बेस रेट) घटेको छ । बैंकहरुले पछिल्लो केही महिनायता निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका कारण बैंकहरुको बेस रेट पनि घट्दै गएको हो ।

बैशाख महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर ०.३० प्रतिशतले घटेको छ भने औसत आधार दर ८.७५ प्रतिशत कायम भएको छ । चैत महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर ९.०५ प्रतिशत थियो ।

हिमालयन बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकबाहेक अन्य वाणिज्य बैंकको बेस रेट एकल अंकमा आएको छ । पछिल्लो तथ्यांक अनुसार स्टाण्डर्ड चार्टर्ड बैंकको आधार दर सबैभन्दा कम छ । बैंकको आधार दर ७.३६ प्रतिशत रहेको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.४२ प्रतिशत र एभरेष्ट बैंकका ७.५३ प्रतिशत छ । त्यसबाहेकका १५ वाणिज्य बैंकको आधार दर ८ देखि १० प्रतिशतसम्म कायम भएको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि पछिल्लो केही महिनायता बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटिरहेका कारण बैंकहरुको आधार दर पनि घट्दै गएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: