Skip to content
LAXMI SUNRISE BANK

‘सेयर बजारका लागि २०८० साल सुखद् रह्यो, लगानीकर्ता मोडर्न बने २०८१ झनै राम्रो हुन्छ’- बिमोददेव पन्त (अन्तर्वार्ता)

अर्थ सरोकार

काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमाददेव पन्तले २०८० साल सेयर बजारका लगानीकर्ताका लागि सुखद् रहेको बताएका छन् । उनले २०८० सालमा बैंकिङ र हाइड्रो बाहेकका सबै सेक्टरमा राम्रो वृद्धि भएको तथ्यांक प्रस्तुत गर्दै २०८० साल सेयर बजारका लगानीकर्ताका लागि सुखद् रहेको दाबी गरेका हुन् ।

‘धेरैले वर्ष २०८० मा नेप्से सूचक २२०० बिन्दु पनि नकटेको आधारमा बजार राम्रो नभएको तर्क गर्नुहुन्छ ।’, उनले भने, ‘तर नेप्से सूचक धेरै नबढे पनि सेयर बजारमा धेरैले राम्रो पैसा कमाएका छन् ।’

पन्तले २०८० सालमा म्यानुफ्याक्चरिङ सेक्टर ५० प्रतिशत, होटल ४६ प्रतिशत, ट्रेडिङ २९ प्रतिशत, फाइनान्स २२ प्रतिशत, नन लाइफ २१ प्रतिशत, अन्य १९ प्रतिशत, इन्भेष्टमेन्ट १६ प्रतिशत, माइक्रो फाइनान्स १५ प्रतिशत, विकास बैंक ११ प्रतिशत, लाइफ इन्स्योरेन्स ५ प्रतिशतले बढेकोले यो वर्ष सेयर लगानीकर्ताका लागि सुखद् नै रहेको दाबी गरेका छन् । तर, २०८० सालमा हाइड्रो र बैंकिङ सेक्टर भने बढ्न नसकेको बताएका छन् ।

हाइड्रो र बैंकिङ सेक्टर नबढेकै कारण नेप्से परिसूचक २२०० बिन्दु नकटेको बताउँदै पन्तले समग्रमा सेयर लगानीकर्ताका लागि २०८० साल सुखद् रहेको बताएका छन् । (भिडियो)

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK