काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार गितेन्द्रबाबु (जिबी) राई गृहमन्त्रीको सम्पर्कमा रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । यतिसम्म कि उनले जिबी राईलाई गृहमन्त्री रवि लामिछाने स्वयम्ले लुकाएको पनि आरोप लगाएका छन् ।
‘मैले आरोप लगायो नभन्नु, खोज्ने काम सरकारले गर्ला । तर, हामीले पाएको सूचना अनुसार जिबी राई गृहमन्त्रीको सम्पर्कमा हुनुहुन्छ ।’, उनले भने, ‘आकाशमा गएर लुक, पातालमा गएर लुक भनिदिने तर आफूसँग सम्पर्कमा रहेको भन्ने तथ्यमा पनि हामी पुगिसकेका छौँ ।’
त्यस्तै, उनले सम्पर्कमै रहेका जिबी राईलाई पक्राउ गर्न किन ढिलाई गरेको भन्दै संसदबाटै गृहमन्त्रीलाई प्रश्न समेत गरेका छन् ।
देशभरबाट विभिन्न सहकारीको ८० करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा जाँदा र सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप लाग्दा पनि गृहमन्त्रीले संसदीय छानविनमा सहयोग नगर्दा झनै शंका गर्ने ठाउँ रहेको शर्माको भनाई छ । उनले गृहमन्त्रीलाई सडक र सदनमा मात्रै नभएर संसदीय समितिमा आएर जवाफ दिन पनि आग्रह गरेका छन् ।
विगतमा रामशरण महतको एउटा बैंक खाता, जनार्दन शर्मा, भरतमोहन अधिकारी, विष्णु पौडेलको विषयमा प्रश्न उठ्दा संसदीय समिति बनाएको स्मरण गराउँदै सांसद शर्माले नयाँ दलको नेतामाथि उठेको प्रश्नमाथि पनि छानविन गर्न संसदीय समिति बनाउन माग गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्