काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेको हो ।
कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार पछिल्लो ८ महिना (साउनदेखि फागुनसम्म) ३१ हजार ५ सय ८७ व्यक्ति तथा संस्था बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेका छन् । जसमध्ये २६ हजार २ सय ३७ व्यक्ति तथा संस्था वाणिज्य बैंकको कालोसूचीमा परेका छन् ।
त्यस्तै, सोही अवधिमा कालोसूचीमा परेका ८ हजार ३ सय ७ व्यक्ति तथा संस्था कालोसूचीबाट हटेका छन् ।
पछिल्लो समय आर्थिक मन्दी, बैंकहरुको चर्को ब्याजदर, सुस्ताएको व्यापार-व्यवसाय तथा महँगीका कारण बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्नेहरु बढेको कर्जा सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कालोसूचीमा पर्नेहरुमा अधिकांश कारण चेक बाउन्स रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्