काठमाडौँ । २०८० सालमा ब्रोकर कम्पनीहरुमध्ये सबैभन्दा धेरै कारोबार ब्रोकर नम्बर ५८ (नासा सेक्युरिटिज कम्पनी)ले गरेको छ । नासाले २०८० सालमा मात्रै ३८ अर्ब ९ करोड रुपैयाँमाथिको कारोबार गरेको हो ।
यसो त वर्ष २०८० मा सेयर बजारको दोस्रो बजारमा कुल ६ खर्ब १७ अर्बमाथिको सेयर कारोबार भएको थियो । जसको ६.१६ प्रतिशत सेयर कारोबार नासा सेक्युरिटीले गरेको छ ।
त्यस्तै, सबैभन्दा धेरै कारोबार गर्ने ब्रोकरहरुको सूचीको दोस्रो नम्बरमा इम्पेरियल सेक्युरिटिज कम्पनी (ब्रोकर नम्बर ४५) रहेको छ । कम्पनीले २०८० सालमा दोस्रो बजारमा कुल कारोबारको ४.४० प्रतिशत अर्थात २७ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार गरेको छ ।
योसँगै तेस्रोमा ब्रोकर नम्बर भिजन सेक्युरिटिज अर्थात ब्रोकर नम्बर ३४ रहेको छ । कम्पनीले २०८० सालमा २५ अर्ब ९६ करोडमाथिको सेयर कारोबार गरेको छ । साथै सबैभन्दा धेरै कारोबार गर्ने ‘टप १०’मा अनलाइन सेक्युरिटिज (ब्रोकर नम्बर ४९), सनि सेक्युरिटिज (ब्रोकर नम्बर ४२), डाइनामिक मनि म्यानेजर सेक्युरिटिज (ब्रोकर नम्बर ४४), दिपशिखा धितोपत्र कारोबार कम्पनी (ब्रोकर नम्बर ३८), आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नम्बर ५७), कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३५) र एबिसि सेक्युरिटिज (ब्रोकर नम्बर १७) परेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्