×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपालमा लगानीको अपार सम्भावना छ’: अध्यक्ष ढकाल

PRIME CA

‘नेपालमा लगानीको अपार सम्भावना छ’: अध्यक्ष ढकाल

१६ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि नेपाल नयाँ गन्तव्य बन्न सक्ने बताएका छन् ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेकाले लगानी विस्तार गर्न विश्वभरका लगानीकर्तालाई आग्रह गरे ।

अध्यक्ष ढकालले नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरुमा लगानीको सम्भावना रहेको बताए । विश्वका उदाउँदा ठुला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताए ।

उनले नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालिन विद्युत् व्यापार सम्झौताको स्मरण गर्दै यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहुँच पुर्याउने बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: