×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आईपीओमार्फत ठगी भएका उजुरी परेका छन्’- सीआईबी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘आईपीओमार्फत ठगी भएका उजुरी परेका छन्’- सीआईबी

Artha Sarokar

७ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले सीआईबीमा आईपोमार्फत ठगी भएका उजुरी परेको बताएका छन् । काठमाडौंमा आयोजित लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै एसपी बोगटीले यस्तो बताएका हुन् ।

उनले वित्तीय विवरणमा छेडखानी गरेर बजारलाई म्यानुपुलेट गर्ने काम भएको भन्दै उजुरीहरू परेको बताएका छन् । ती उजुरीहरूमाथि सीआईबीले अध्ययन गरिरहेको बोगटीले बताए ।

साथै, बोगटीले कम्पनीको वित्तीय विवरणमा हुने छेडखानी नियन्त्रण गर्न लेखा व्यवसायीहरूको भूमिका पनि महत्वपूर्ण हुने भन्दै आफ्नो अधिकार प्रयोग गरेर अध्ययनलाई थप सूक्ष्म बनाउन पनि आग्रह गरेका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को आयोजनामा बिहीबारदेखी तेस्रो लेखा व्यवसायी सम्मेलन काठमाडौंमा आयोजना गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी