काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले नक्कली अडिटरबारे अनुसन्धान गर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा काठमाडौँमा आयोजित ‘तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन’मा बोल्दै एसपी बोगटीले नक्कली अडिटरबारे सीआईबीले अनुसन्धान गर्ने बताएका हुन् ।
बोगटीले चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्बन्धित उजुरी सीआईबीमा कमै मात्र पर्ने भएकाले पनि हालसम्म सीएसँग सम्बन्धित सीआईबीले गरेको अनुसन्धानका विषयले चर्चा नपाएको बताए ।
तर, आफूहरुले सूचना पाए र प्रमाण फेला पारे नक्कली लेखा व्यवसायीबारे पनि अनुसन्धान गर्ने बोगटीले प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘हामीले स्पेसल अपरेशन नै चलाएर नक्कली डाक्टरबारे अनुसन्धान गरेका थियौँ, धेरैलाई पक्राउ गर्यौँ पनि । नक्कली डाक्टरबारे हामीलाई सूचना प्राप्त भएको थियो । त्यही सूचना अनुसार हामीले प्रमाण संकलन गरेर नक्कली डाक्टरको पर्दाफास गरेका थियौँ ।’, एसपी बोगटीले भने, ‘नक्कली अडिटर, नक्कली अडिटर फर्म, अनुमति बिना खोलिएका संस्थाका बारेमा आईक्यानलाई अलि बढी थाहा होला । सूचना दिनुस्, कानून विपरीतका सबैलाई कारवाहीको दायरामा ल्याउँछौँ ।’
त्यस्तै, एसपी बोगटीले देशको आर्थिक सुदृढीकरणमा आईक्यान र लेखा व्यवसायीको भूमिका महत्वपूर्ण रहने भन्दै आगामी दिनमा आईक्यानसँग सहकार्य गर्न सीआईबी तयार रहेको पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्