Skip to content
LAXMI SUNRISE BANK

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्षले लिए सपथ

अर्थ सरोकार

काठमाडौं। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मोरले नेपाल बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समूहको तर्फबाट निर्विरोध रुपमा निर्वाचित भएका मोरलाई गत चैत १९ गते सम्पन्न भएको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।

उक्त शपथ ग्रहण कार्यक्रममा बीमा प्रधिकरणका पदाधिकारीलगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित केसीको समेत उपस्थिती रहेको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK