Skip to content
LAXMI SUNRISE BANK

‘हाइड्रो व्यवसायी र ७० लाख सेयर लगानीकर्ताको हित, प्राथामिकता राखेर विद्युत विधेयक अघि बढ्छ’ (भिडियो)

अर्थ सरोकार

काठमाडौँ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले विद्युत विधेयक ७० लाख सेयर लगानीकर्ता र हाइड्रो व्यवसायीको हितलाई पहिलो प्राथमिकता राखेर आउने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति सिंहले यस्तो बताएका हुन् ।

उनले विद्युत विधेयकका देशको हित र व्यवसायीहरुको हितमा हुनेगरी अगाडि बढाउने प्रतिवद्धता जर्नाका छन् । जलविद्युतमा व्यवसायी मात्रै नभएर ७० लाख सर्वसाधारण लगानीकर्ता समेत रहेको भन्दै लगानीकर्ताको हितमा हुनेगरी अघि बढ्ने सिंहले दाबी गरेका छन् ।

‘देश भन्दा ठूलो व्यापार हुँदैन । विद्युत विधेयक बन्न गइरहेको छ । त्यो राष्ट्र हित, जनहित, उद्योगी व्यवसायीहरु, ७० लाख सेयर लगानीकर्ताको हितलाई पहिलो प्राथमिकता राखेर अगाडि बढाउँछौ ।’, उनले भने, ‘एक वर्षमा तीन वटा सरकार परिवर्तन भइसकेको छ । निजी क्षेत्र एक ठिका हुन आवश्यक छ । एक ढिक्का भए व्यवसायीमैत्री कानून बनाउन राज्य बाध्य हुन्छ । निजी क्षेत्र एक भएर सरकारलाई विद्युत बन्द गर्छौं भन्दै धम्काउन सक्नुपर्छ ।’

त्यस्तै, सभापति सिंहले व्यवसायीहरुले घर, खेत धितो राखेर उद्योग सञ्चालन गरी रहेको उल्लेख गर्दै राज्यले उद्योग सञ्चालन गर्ने हाइड्रो व्यवसायीहरुलाई बाधा अवरोधमा अलमल्याउँदा उद्योगबाट पलायन हुनुपर्ने अवस्था आउनसक्नेमा सचेत गराएका छन् । उनले देश बचाउनका लागि पनि उद्योगी व्यवसायी बाहेक अन्य विकल्प नभएको उल्लेख गरेका छन् ।

साथै देश बचाउने र बनाउने वर्ग ऊर्जा व्यवसायीहरु भएको भन्दै निर्माण व्यवासायीहरुको जस्तो अवस्था जलविद्युत व्यवसायीले पनि भोग्नुपरे राम्रो भविष्य नभएको सिंहले बताएका छन् । सरकारले ८ देखि १० वटा ठूला हाइड्रो पावरहरु मुलुकमा बनाउनसके लाखौँ युवाशक्ति पलायन हुनबाट रोक्न सकिने पनि बताएका छन् । सँगै निजी क्षेत्र एक ढिक्का भए व्यवसायीमैत्री कानून बनाउन राज्य बाध्य हुने पनि सिंहले बताएका छन् । (भिडियो)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK