×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वकै धनी व्यक्तिको सूचीमा चौथो स्थानमा झरे एलन मस्क, एक वर्षमै गुमाए ४८.४ बिलियन डलर !

PRIME CA

विश्वकै धनी व्यक्तिको सूचीमा चौथो स्थानमा झरे एलन मस्क, एक वर्षमै गुमाए ४८.४ बिलियन डलर !

२६ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । विश्वका धनी व्यक्तिको सूचीमा एलन मस्कको स्थान खस्किएको छ । ब्लुम्बर्गको बिलिनियर्स इन्डेक्सका अनुसार मस्कको स्थान शीर्षबाट चौथो स्थानमा खस्किएको हो ।

सर्वाधिक धनी व्यक्तिको सूचीमा मस्कको स्थान खस्किनुको कारण उनको कम्पनी टेस्लाको सेयर मूल्य निरन्तर घट्नु रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । हाल मस्कको कुल सम्पत्ति १८१ बिलियन डलर रहेको छ । पछिल्लो एक वर्षमा मस्कले ४८.४ बिलियन डलर सम्पत्ति गुमाएका छन् ।

हाल विश्वको धनी व्यक्तिको सूचीमा शीर्ष स्थानमा बर्नाल्ड अर्नाल्ट रहेका छन् । हाल उनको कुल सम्पत्ति २२३ बिलियन डलर रहेको छ ।

त्यस्तै, धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका जेफ बेसोजको सम्पत्ति २०७ बिलियन डलर रहेका छन् । त्यस्तै, उक्त सूचीको तेस्रो स्थानमा रहेका फेसबुकका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति १८७ बिलियन डलर रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: