×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगीमा मालिक फरार भएपछि बन्द भएको ग्यालेक्सी फोके टिभिमा विद्युत प्राधिकरणले पनि लाइन काट्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सहकारी ठगीमा मालिक फरार भएपछि बन्द भएको ग्यालेक्सी फोके टिभिमा विद्युत प्राधिकरणले पनि लाइन काट्यो

१४ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विद्युतको महसुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले ग्यालेक्सी फोके टेलिभिजनको बिजुलीको लाइन नै काटिदिएको छ । लामो समयसम्म बिजुलीको पैसा भुक्तानी नगरेको भन्दै प्राधिकरणले टेलिभिजनमा बिजुलीको लाइन काटिदिएको हो ।
लाइन काटिएपछि टेलिभिजनका प्रतिनिधिहरुले टेलिभिजनको शान्ति सुरक्षाको व्यवस्था गरिदिन भन्दै सीडीओलाई पत्र लेखेका छन् । उनीहरुले विद्युत नहुँदा टेलिभिजनको प्रशारण अवरुद्ध हुने मात्र नभई टेलिभिजनमा अवाञ्छित घटना हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
टेलिभिजनमा लामो समयदेखि गीत मात्र बजिरहेको छ । नियमित प्रशारण रोकेको टेलिभिजनले सयौँ कर्मचारीहरुलाई तलव दिन बाँकी छ ।
टेलिभिजनका मालिक नै सहकारी ठगी प्रकरणमा फरार भएपछि र टेलिभिजनको जिम्मा लिएका कुमार रम्तेल जेल परेपछि टेलिभिजनले गीत मात्र प्रशारण गर्दै आएको थियो । सो टेलिभिजनमा काम गरेकाले गत बैसाख महिनादेखिको तलव पाएका छैनन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: