Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकले ल्यायो ‘पैसा आउने, थपेर पाउने’ योजना, ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक

अर्थ सरोकार

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले ‘पैसा आउने, थपेर पाउने’ योजना सार्वजनिक गरेको छ । बैंकले बैंकिङ प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रबर्द्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको हो ।

पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५०० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ ।

यस क्यासब्याक योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५,००० देखि ५०,००० रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, ५०,००१ देखि १००,००० रुपैयाँसम्म पैसा पठाउँदा २५० रुपैयाँ र १००,००० रुपैयाँभन्दा बढी पैसा पठाउँदा ५०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।

यो योजना जुन १०, २०२४ सम्म लागु हुने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा ५०० रुपैयाँ सम्म थप गरिदिनेछ ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK