×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयवृद्धिमा सघाउन एकल महिलालाई बाख्रा वितरण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आयवृद्धिमा सघाउन एकल महिलालाई बाख्रा वितरण

Artha Sarokar

१८ बैशाख २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। तुलसीपुर उपमहानगरपालिका-१२ ले अतिगरिब एकल महिलालाई बाख्रा वितरण गरेको छ । बाख्रापालन गरी आम्दानी वृद्धिका लागि एकल महिला छनोट गरी वितरण गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताएका छन् ।

‘हामीले अतिगरिब एकल महिलाको आम्दानी वृद्धिका लागि बाख्रा वितरण गरेका छौँ’, उनले भने, ‘ती बाख्राबाट आय आर्जनमा सघाउ पुग्ने हाम्रो विश्वास छ ।’ हाललाई वडाभित्रका १० जना एकल महिलालाई बोयरलगायत उन्नत जातका बाख्रा वितरण गरिएको छ ।

उपमहानगरपालिकाले प्रदान गरेका बाख्रा डोर्याउदै बुधनी चौधरीले भनिन्, ‘यसले हामीलाई आम्दानीमा टेवा पुर्याउने छ ।’ एकल महिलाको आम्दानीको अन्य स्रोत नभएकाले प्राप्त सहयोगबाट आफ्नो जीवन यापनमा मद्दत पुग्नेमा आफू विश्वस्त रहेको स्थानीय लक्ष्मी घर्तीले बताईन् । ‘हाम्रो आम्दानीको स्रोत केही छैन’, उनले भनिन् , ‘वडाको सहयोगबाट हामी खुसी छौँ ।’

वडाले लाभग्राही नियमित अनुगमन गर्ने अध्यक्ष चौधरीले बताए । आर्थिक समृद्धिको आधार व्यवसाय भएकाले अहिले वितरण गरेका बाख्राबाट आम्दानी गरेको देख्ने आफूहरूको चाहना भएको अध्यक्ष चौधरीले बताए । आफूहरू सधैँ किसानका पक्षमा रहेकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी