×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपालको बैंकिङ क्षेत्र सबल छ, ब्याजदर घट्दैछ, घट्छ’: गभर्नर

PRIME CA

‘नेपालको बैंकिङ क्षेत्र सबल छ, ब्याजदर घट्दैछ, घट्छ’: गभर्नर

२२ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मुलुकको अर्थतन्त्रमा शिथिलता कायम रहेको बताएका छन् । कर्पोरेट नेपालको १०औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले अहिले देशको अर्थतन्त्रले शिथिलता भागिरहेको उल्लेख गरेका छन् ।

गत आर्थिक वर्ष २०७९/८० को केन्द्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको तथ्याङ्कबाट २ प्रतिशत भन्दा कमको आर्थिक वृद्धिदर हासिल गरेको बताए । उनले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न लक्ष्य भए पनि लक्ष्य अनुसारको आर्थिक वृद्धि नहुने सूचकहरुले देखाइरहेको बताएका छन् । ‘गत आर्थिक वर्षको केन्द्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको तथ्याङ्कबाट २ प्रतिशत भन्दा कमको आर्थिक वृद्धिदर हासिल गर्यौं । यो वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न आशा गरेता पनि त्या पुग्ने सूचकहरु आइरहेका छन् ।’, उनले भने, ‘तर पनि हामी औषत वृद्धि गर्नसक्छौँ भन्ने लक्ष्य छ ।’

त्यस्तै, गभर्नर अधिकारीले अर्थतन्त्रका कतिपय प्यारामिटरहरु सबल बन्दै गएको पनि बताएका छन् । उनले अर्थतन्त्रका राम्रा पक्षलाई प्रयोग गरेर समग्रमा सुधार गर्न सक्ने ठाउँहरु रहेको बताए ।

अर्थतन्त्रको बाह्य क्षेत्र भने सवल रहेको गभर्नर अधिकारीले दाबी गरेका छन् । उनले ७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने राष्ट्र बैंकले राखेको लक्ष्य भन्दा पनि बढी १२.३ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने क्षमता अवस्था पुगेको बताएका छन् । मूल्यवृद्धि पनि लगभग ५ प्रतिशतको हाराहारीमा रहेको, बैंकको ब्याजदर क्रमश घट्दै गएको र बैंकले पोलिसी रेटहरु घटाउँदै गएको अधिकारीले बताएका छन् ।

सरकारलाई आर्थिक स्रोत जुटाउन र खर्च व्यवस्थापन गर्नको लागि चालु खर्च र वित्तीय खर्चको साइज बढ्दै गएकाले पुँजीगत खर्च गर्नुपर्ने रकम त्यतातिर लगाउनु पर्ने चुनौति सरकारसँग रहेको बताउँदै गभर्नर अधिकारीले समग्रमा अर्थतन्त्र हेर्दा बैंकिङ क्षेत्र सबल रहेको बताएका छन् । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: