×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपालको अर्थतन्त्र सुध्रिँदै छ, महँगी घट्दैछ’- गभर्नर अधिकारी

PRIME CA

‘नेपालको अर्थतन्त्र सुध्रिँदै छ, महँगी घट्दैछ’- गभर्नर अधिकारी

अर्थ सरोकार

६ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 

उनले नेपालको अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक हुँदै गएकाले आगामी दिनमा थप सुधार हुने दाबी गरेका छन् । साथै नेपालको अर्थतन्त्रको बाह्य सूचकमा सुधार, वित्तिय क्षेत्र सवल र महँगी क्रमशः घट्दै गएकाले अर्थतन्त्र लयमा आउने संकेत गरेको गभर्नर अधिकारीले बताएका छन् । ‘समग्रमा विश्वको अर्थतन्त्र सकारात्मक छ ।’, उनले भने, ‘उच्च बिन्दुमा रहेको महँगी क्रमशः घट्ने क्रममा रहेको छ । सन् २०२३ मा ६.८ प्रतिशत रहेको मूल्यवृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान छ ।’

त्यस्तै, गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको बताएका छन् । 

उनले कोरोना महामारीको संकट र रुस युक्रेन युद्धबीच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने अवस्था रहेको बताए । त्यस्तै, गभर्नर अधिकारीले लेखा परीक्षण व्यवसायीहरुको सक्षमताले निजी क्षेत्र र राज्यका निकायहरुलाई पारदर्शी बनाउन मद्दत पुग्ने धारणा राखेका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: