×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईदको रौनक, यसरी गरिँदैछ खुसी साटासाट… (फोटो-कथा)

PRIME CA

ईदको रौनक, यसरी गरिँदैछ खुसी साटासाट… (फोटो-कथा)

२९ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । चैत २९ गते (बिहीबार) इस्लाम धर्मावलम्बीहरूले ईद पर्व मनाउँदैछन् । एक महिना लामो रमजान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इस्लाम समुदायले इद उल फित्र अर्थात् ईद पर्व मनाउने गर्दछन् ।

पर्वका सन्दर्भमा आज (बिहीबार) सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।

आजको दिन मुस्लिम धर्मावलम्बी आफू पवित्र भई सफा मस्जिद (इदगाह)मा गएर नमाज पढ्ने, एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । काठमाडौँको बागबजारस्थित जामे मस्जिदमा पनि बिहानैदेखि भीड लागेको छ । इदको खुसियाली साटासाट गर्न बिहीबार बिहानैदेखि जम्मा भएका मुस्लिम समुदायका केटाकेटीदेखि बुढाबुढीले मस्जिदमा नमाज पढ्ने र एकाआपसमा शुभकामना आदानप्रदान गरिरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: