×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युद्धग्रस्त इजरायलको सेयर बजार ‘अल टाइम हाई’ नजिक !

PRIME CA

युद्धग्रस्त इजरायलको सेयर बजार ‘अल टाइम हाई’ नजिक !

अर्थ सरोकार

२७ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । युद्धग्रस्त इजरायलको सेयर बजार ‘अल टाइम हाई’ नजिक पुगेको छ । टेल अभिव स्टक एक्सचेञ्जको बेन्चमार्क टीए-३५ अल टाइम हाईको बिन्दु नजिक पुगेको हो ।

यसअघि टीए-३५ मार्च २८ मा २०२२ बिन्दुसम्म पुगेर करेक्सन भएको थियो । तर, अहिले पुनः बजार बढेर २००० बिन्दुमा पुगेको छ । सोमबार मात्रै टीए-३५ १.६३ प्रतिशतले बढेको थियो ।

सन् २०२२ अगस्टमा २०७९ बिन्दुमा पुगेर अल टाइम हाई रेकर्ड बनाएको टीए-३५ इजरायल-हमासबीच युद्ध सुरु भएपछि बजार १५९१ बिन्दुसम्म घटेको थियो । तर, पछिल्लो केही महिनायता इजरायलको सेयर बजार निरन्तर बढिरहेको छ ।

यसअवधिमा टेल अभिव स्टक एक्सचेञ्जकै अर्को बेन्चमार्क ‘टीए-१२५’ पनि अक्टोबरदेखि अहिलेसम्म २६ प्रतिशतले बढेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: