×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विदेशीको अपेक्षा गरेर मात्र देश विकास हुँदैन’- झलनाथ खनाल

PRIME CA
GLOBAL IME BANK

‘विदेशीको अपेक्षा गरेर मात्र देश विकास हुँदैन’- झलनाथ खनाल

२८ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले देश औद्योगिकरण हुन नसक्नुको कारण पहिचान गरी देशलाई आधुनिक र औद्यागिक मुलुकमा रुपान्तरण गर्न आवश्यक रहेको बताएका छन् । बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।

उनले देश औद्योगिकरण हुन नसक्नुको आधारभुत कारण खोज्न जरुरी रहेको उल्लेख गरेका छन् । देशका राष्ट्रिय उद्योग धन्दाहरुलाई विकास गर्न सक्नुपर्ने खनालले बताए । उनले पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन नसकेको भन्दै विदेशीहरुको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव नहुने बताएका छन् ।

‘देश औद्योगिकरण हुन नसक्नुको कारण के हुन्, आधारभुत कारणहरु हामीले खोज्नुपर्छ । आधारभुत कारणलाई निवारण नगरेसम्म देशलाई आधुनिक र औद्यागिक मुलुकमा रुपान्तरण गर्न सकिँदैन । देशलाई औद्योगिकीकरणतर्फ लैजानैपर्छ । हाम्रो देशका राष्ट्रिय उद्योग धन्दाहरुलाई विकास गर्न सक्नुपर्छ ।’, उनले भने, ‘हामीसँग वनजन्य उद्योगहरु व्यापक रुपले बनाउन सकिने सम्भावना छन् । तर वनलाई हामीले जसरी उपयोग गर्नुपर्ने हो त्यसरी अझै उपयोग गर्न सकिरहेका छैनौँ । हामी पानीजन्य उद्योगहरु पनि सञ्चालन गर्नसक्छौँ । पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन सकेका छैनौँ । हामी खालि विदेशीहरुको अपेक्षा गरेर हिँडिरहेका छौँ ।’

त्यस्तै, नेता खनालले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा नेपाल संकटग्रस्त बनेको बताए । निजी क्षेत्रले अघि सारेका समस्या समाधान गर्नसके मात्रै देशको राष्ट्रिय अर्थतन्त्रले गति लिनसक्ने भन्दै राज्यले औद्योगिक क्षेत्रलाई संरक्षण दिन नसके भएका उद्योगहरु पनि बन्द हुने खनालको भनाई रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: