×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८० लाखमा नकिनेको जग्गा ज्योति विकास बैंकले ९७ लाख आनामा किन्यो, केस अख्तियार पुग्दै !

PRIME CA

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८० लाखमा नकिनेको जग्गा ज्योति विकास बैंकले ९७ लाख आनामा किन्यो, केस अख्तियार पुग्दै !

१४ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडको जग्गा खरिद विवादमा तानिएको छ । बैंकको सञ्चालक समितिले मिलेमतोमा महँगो मूल्यमा जग्गा खरिद गरेको भन्दै सेयरधनीले अख्तियार जाने तयारी गरेसँगै यो विवाद सतहमा आएको हो ।

बैंकले केही समय अगाडि ५ रोपनी हाराहारी जग्गा आनाको ९७ लाख रुपैयाँ हालेरतिरेर किनेको थियो । तर सो जग्गा निकै महँगोमै किनेर सेयरधनीहरूलाई घात पुर्याउने काम भएको भन्दै सञ्चालक समिति र सिइओ उपर छानविन गर्न माग गर्दै सेयरधनीहरूले अख्तियार जाने तयारी गरेका हुन् ।      

बैंकको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले सो जग्गा खरिद गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि प्रक्रिया सुरु गरेको बैंकले सो जग्गा किनिसकेको छ । जग्गा खरिदबारे बैंकले नेप्सेलाई समेत जानकारी गराईसकेको छ ।   

यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सो जग्गा आनाको ८० लाख रुपैयाँमा किन्ने विषयमा सञ्चालक समितिमा कुरा राखेको थियो । बैंक ८० लाख रुपैयाँ आनामा सो जग्गा किन्न तयार पनि भएको थियो । तर पछि सञ्चालक समितिमा भएको विवादका कारण बैंकले सो जग्गा खरिद गरेको थिएन । अहिले सोही जग्गा ज्योतिले आनामा ९७ लाख रुपैयाँ हालेर किनेको हो ।   

‘यति महँगोमै किन सो जग्गा किनियो ? जग्गा खरिदको विवाद के हो ?’ यस विषयमा बैंकका अध्यक्ष हरि खड्काले फोन नै उठाएनन् । बैंकले जग्गा किन्न तीन सदस्य राखेर समिति नै बनाएको छ । अव सो समिति नै अख्तियारको छानविनमा पर्ने देखिएको छ । 

यद्यपि बैंकको सञ्चालक समिति भने अख्तियारले आफूहरू लाई हेर्न नमिल्ने र अख्तियारले पत्र राष्ट्र बैंकलाई पठाउने हुँदा राष्ट्र बैंकलाई आफूले कन्भिन्स गर्ने विषयमा ढुक्क रहेको बैंककै एक सञ्चालक अर्थ सरोकारलाई बताएका छन् । ‘जग्गा खरिदमा ठुलो घोटाला भएको छ । तर साथीहरू राष्ट्र बैंक त मिलाइहालिन्छ नि भनेर बस्नुभएको छ ।’     

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: