×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खराब कर्जा बढेपछि ज्योति विकास बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा पनि ऋणात्मक (विवरणसहित)

PRIME CA

खराब कर्जा बढेपछि ज्योति विकास बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा पनि ऋणात्मक (विवरणसहित)

अर्थ सरोकार

५ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ज्योति विकास बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा २४.४० प्रतिशतले घटेको हो ।

पछिल्लो ९ महिना (साउनदेखि चैतसम्म)मा बैंकले कुल १५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.७५ प्रतिशतले बढेको छ भने बैंकको कुल सञ्चालन आम्दानी १.५४ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी बढे पनि बैंकको इम्पेयरमेन्ट चार्ज बढ्दा बैंकको खुद नाफा घटेको हो । यसअवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ७१ करोडबाट बढेर ८३ करोड रुपैयाँ पुगेको छ । पछिल्लो ९ महिनामा बैंकको निष्क्रिय कर्जा ३.८९ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, समीक्षा अवधिमा बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । सो अवधिमा बैंकको ईपीएस १ रुपैयाँ ५९ पैसा घटेर ४ रुपैयाँ ६२ पैसामा झरेको छ । यसअवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: