×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वदेश फर्किए कतारका राजा… (फोटो-कथा)

PRIME CA

स्वदेश फर्किए कतारका राजा… (फोटो-कथा)

१२ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । कतारका अमिर थानीलाई बुधबार दिउँसो राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा बिदाई गरेका हुन् ।

बिदाई कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष,उपप्रधानमन्त्री, मन्त्री एवम् परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरूको समेत सहभागि थिए ।

सोहि अवसरमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा कतारका अमिर शेख तमिम विन हमाद अल थानी मङगलबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: