×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक २३औं वर्षमा प्रवेश, वार्षिकउत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कुमारी बैंक २३औं वर्षमा प्रवेश, वार्षिकउत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना

२५ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंक लिमिटेड २२औं वर्ष पुरा गरी २३औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो २३औं वार्षिकउत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा १४५ जना सहभागी भई रक्तदान गरेका थिए । यसले स्थानीय स्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ ।

साथै बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न ‘परम्परागत भेषभुषा’ पहिरन गरी वार्षिक उत्सव सम्पन्न गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मदत पुर्याएको छ । विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्यशक्तिमा समावेशीता र सम्मानलाई बढावा दिएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ६६ शाखारहित बैंकिङ सुविधा तथा ५० एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु प्रवाह गर्दै आएको छ । आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गरी नेपालको बैंकिङ जगतलाई डिजिटल बैंकिङ तर्फ अग्रसर गराउन कुमारी बैंक लिमिटेड प्रतिबद्ध रहेको दावी गरेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: