×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी आश्वासनपछि सेयर लगानीकर्ताहरुको घोषित आन्दोलन स्थगित, ब्रोकर बन्द कार्यक्रम पनि फिर्ता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सरकारी आश्वासनपछि सेयर लगानीकर्ताहरुको घोषित आन्दोलन स्थगित, ब्रोकर बन्द कार्यक्रम पनि फिर्ता

१६ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर लगानीकर्ताले घोषणा गरेको आन्दोलन फिर्ता भएको छ । अर्थमन्त्रालले लगानीकर्ताका जायज मागहरुलाई लगानी सम्मेलन लगत्तै वार्तामा बसी पूँजीबजारका समस्या समाधान गर्ने प्रतिबद्धता आएको भन्दै सेयर लगानीकर्ताहरुले घोषणा गरेको आन्दोलनका पूर्ववत कार्यक्रम फिर्ता लिएका हुन् ।

आन्दोलनका संयोजक उपेन्द्र पाठकले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरिएको बताएका छन् । ‘हाल देशमा हुन गइरहेका वैदेशिक लगानी सम्मेलनलाई सफल बनाउने हाम्रो पनि दायित्व भएको हुनाले हालको लागि घोषित सम्पूर्ण कार्यक्रम केहि दिनका लागि स्थगित गरिएको पाठकको भनाई छ ।
उनले सम्मेलन लगतै वार्तामा बसी समस्या समाधान गर्नेतर्फ अर्थमन्त्रालय अग्रसर नभए आन्दोलनका कार्यक्रम पुन: जारी राख्ने चेतावनीसमेत दिएका छन् ।
योसँगै ब्रोकर बन्द कार्यक्रम पनि फिर्ता भएको छ । आन्दोलनका अर्का अगुवा तिलक कोइरालाले ब्रोकर बन्दसहित सबै कार्यक्रम फिर्ता भएको पुष्टी गरेका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: