काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरुको कुल लगानी घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरीवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।
राष्ट्र बैंकको सुपरीवेक्षण प्रतिवेदनअनुसार २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तसम्म लघुवित्त वित्तीय संस्थाहरुको कुल लगानी ४६.१३ प्रतिशतले घटेको छ । यसो त २०७९ असार मसान्तमा लघुवित्तहरुको कुल लगानी २ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो । तर, २०८० असार मसान्तमा लघुवित्तहरुको कुल लगानी घटेर १ अर्ब ३७ करोडमा झरेको छ ।
त्यस्तै, २०८० असार मसान्तसम्म लघुवित्त वित्तीय संस्थाको सरकारी सुरक्षणमा ८२ करोड, शेयर तथा डिवेन्चरमा ८ करोड, मुद्दती निक्षेपमा ४० करोड तथा सूचिकृत नभएको शेयरमा ४ करोड रुपैयाँ लगानीमा रहेको देखिन्छ ।
त्यस्तै, शेयर तथा डिबेन्चरमा लगानी भएको रकमको प्राथमिक पुँजीसँगको अनुपात ०.१५ रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त अनुपात ०.५६ रहेको थियो । लघुवित्त संस्थाहरुले राष्ट्र बैंकको निर्देशन अनुसार संगठित संस्थाको शेयर तथा डिबेन्चरमा गरेको लगानी विनिवेष गर्नुपर्ने व्यवस्थाका कारण २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा यस्तो लगानी ७२.१८ प्रतिशतले घटेको देखिएको राष्ट्र बैंकको सुपरीवेक्षण प्रतिवेदनमा उल्लेख छ ।
यसरी लघुवित्त वित्तीय संस्थाहरुको लगानी घट्नुको कारण विभिन्न समयमा हुँदै आएका लघुवित्त विरुद्धको आन्दोलन, आर्थिक मन्दी, कर्मचारी आन्दोलन तथा लघुवित्तप्रति जनताको विश्वास घट्दै जानू रहेको जानकारहरुको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्