काठमाडौँ । संचालकहरुको योग्यतामाथि प्रश्न उठाउँदै प्राध्यापक डाक्टर ताराप्रसाद सापकोटाले हालेको रिटको सुनुवाई न्यायाधीशद्वय डा. श्री आनन्दमोहन भट्टराई र सुनिल कुमार पोखरेलको इजलाशमा परेको छ । यसअघि आपतकालीन अन्तरिम आदेश दिईएको सो मुद्धामा आज बिहीबारका लागि विपक्षीलाई छालफलमा बोलाउनेगरी पेशी तोकिएको थियो । यसअघि अदालतले निर्वाचन प्रक्रिया अगाडी नबढाउन निर्देशन दिएपछि बैंकको संचालक समितिको निर्वाचन रोकिएको थियो ।
अहिले सो मुद्धामा छलफल भईरहेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लि , नेपाल इन्भेष्टमेन्ट मेगा बैँक संचालक समिति , नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लिको संचालक समितिको निर्वाचन गराउन नियुक्त निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठ , पृथ्वी बहादुर पाँडे , प्रजन्य राजभण्डारी , मुक्तिराज पाण्डे , मदनकुमार आचार्य , बरुण श्रेष्ठ , पर्वतकुमार कार्की / रवि महर्जनलाई समेत विपक्षी बनाएर हालिएको सो मुद्धामा आज थप सुनुवाई हुन लागेको हो ।
साथै बैंककै संचालक समितिको निर्वाचनको विषयलाई लिएर सेयर धनी बिकाश थापा पनि सर्वोच्चमा रिट बोकेर पुगेका छन् ।बैंकको ३७ औ बार्षिक साधारण सभाबाट संचालकहरुको निर्वाचन गर्न नियुक्त भएका निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठविरुद्धको सो मुद्धामा पनि आज सुनुवाई हुनेछ ।
निर्वाचन रोकिएपछि भएको साधारणसभामा पनि सेयरधनीहरुले बैंकका संचालकहरुको चर्को विरोध गरेका थिए । बैंकका सेयर धनीहरुले बैंकका सीइओ र अध्यक्षको चर्को आलोचना गरेको सो साधारणसभामा बैंकको संचालक समिति र सीइओको सक्षमतामाथि नै प्रश्न उठाइएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्