×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसइईमा चिट चोर्न प्रयोग भएका ३ हजार मोबाइल फिर्ता

PRIME CA

एसइईमा चिट चोर्न प्रयोग भएका ३ हजार मोबाइल फिर्ता

२५ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई)मा चिट चोर्न प्रयोग गरिएका करिब ३ हजार मोबाइल विद्यार्थीलाई फिर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट जफत गरेका ३ हजार मोबाइल सेट सम्बन्धित विद्यार्थीलाई फिर्ता गरेको हो ।

परीक्षा अवधिमा विद्यार्थीले ती मोबालहरु चिट चोर्नका लागि प्रयोग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

परीक्षा हलमा मोबाइलको प्रयोग गरेरै चिट चोरेको व्यापक गुनासोपछि चेकिङ्ग गर्ने क्रममा ती मोबाइलहरु बजारमद गरिएको थियो । इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमार्फत बरामद गरिएका मोबाइल सेटहरु शनिबार सम्बन्धित विद्यार्थीहरुलाई फिर्ता गरिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: