×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक लुट प्रकरणको नालीबेली : …त्यसपछि गेटमा नयाँ ताला लगाएर बोरामा पैसा पोको पारेर लुटेराहरु भागे…

PRIME CA
GLOBAL IME BANK

नबिल बैंक लुट प्रकरणको नालीबेली : …त्यसपछि गेटमा नयाँ ताला लगाएर बोरामा पैसा पोको पारेर लुटेराहरु भागे…

१८ बैशाख २०८१, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

मिति : २०८१ साल बैसाख १६ गते
स्थान : जिल्ला पर्सा, महानगरपालिका
बैंक र शाखा : बाइपास शाखा, नबिल बैंक लिमिटेड
घटना : बैंकको भल्ट फोरेर १ करोड एक करोड ३४ लाख ६५ हजार रुपैयाँ लुट
आइतबार राती बैंकको नियमित काम सकिएपछि बैंकका कर्मचारी घर गए । रातीको ड्युटी नभएकाले सुरक्षा गार्ड पनि आफ्नो बाटो लागे ।
यहि बीच रात छिप्पिंदै गर्दा बीरगंजस्थित नबिल बैंकको बाइपास शाखामा बैंकको ताल्चा फुटाई केहि लुटेरा समूहको प्रवेश भयो ।
उनीहरु बैंकको ताला तोडेर बैंक भित्र छिरे, सुन र फलाम गाल्ने केमिकल प्रयोग गरेर भल्ट फुटाए, १ करोड ३४ लाख ६५ हजार रुपैयाँ रुपैयाँ सो भल्टबाट निकाले र भागे ।
भल्टमा भएको हजार हजारका नोटमात्र होइन सँगै राखिएको १०० र बीसका नोटहरुसमेत बोरामा हालेर, बैंकको गेटमा नयाँ ताला लगाएर लुटेराहरु भागे ।
भोलिपल्ट बैंकको ताला खोल्ने क्रममा नखुलेपछि घटनाको रहस्य खुल्यो।
बैंक लुटिएको थाहा पाएपछि बैंकले प्रहरीलाई खबर गर्यो र प्रहरी घटनास्थलमा पुग्यो । तर प्रहरी घटनास्थल पुग्दा लुटेराहरु बैंकको १ करोड ३४ लाख ६५ हजार रुपैयाँ लिएर भागिसकेका थिए ।
त्यसपछि प्रहरीले लुटेराको खोजीमा सर्च अपरेशन चलायो । बैंकले सूचना टाँस गरेर सो शाखामा कारोबार बन्द गरिएको जानकारी दियो । तर यति हुँदासमेत बैंक लुटिएको खबर बैंकले गुपचुप राख्यो । यतिसम्मकि बैंक लुटिएको गाईगुई चलिसक्दा पनि बैंकले बैंकमा रकम लुटिएको होइन भनेर ढाँटिरह्यो ।
तर यस विषयमा अर्थ सरोकारले निरन्तर खोजी गरेपछि बैंकले बैंक लुटिएको स्वीकारेको छ । प्रहरीले बैंकबाट १ करोड हाराहारी रकम चोरी भएको र सो घटनामा थप अनुसन्धान भईरहेको जानकारी दियो । आइतबार राती घटना भएपछि १ दिन कारोबार बन्द भएको सो शाखा प्रहरीले आवश्यक अनुसन्धान गरिसकेपछि नियमित संचालनमा आयो ।
नबिल बैंकको केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार आइतबार राती आएको लुटेरा समूहले सुन गाल्ने केमिकल प्रयोग गरेर भल्ट फुटाई बैंकको भल्टबाट १ करोडौँ रुपैयाँ लिएर भागेको बैंकको सिसिटिभिमा देखिएको छ । बैंकले दिएको जानकारी अनुसार बैंकमा भएको रकम चोरीका विषयमा बैंकले नै प्रहरीलाई खबर गरेको थियो । प्रहरीले लुटेराहरु पक्राउ गरिसकेको र लुटिएको रकम फेला नपरेको खण्डमासमेत इन्स्योरेन्स कम्पनीबाट भरपाई हुने हुनाले बैंकलाई आर्थिक क्षति नभएको दाबी गरेको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले बताए । रातको समयमा सुरक्षा गार्डसमेत नभएको मौका छोपी लुटेराहरुले रकम लुटेको प्रारम्भिक अनिसन्धानले देखाएको छ ।
बैंकको भल्ट नै फुटाएर रकम चोरी गरिएको घटना बिरलै हुने घटना हो, जो यसपाली नबिल बैंकमा घट्यो । घटनाबारे थप अनुसन्धान भईरहेकोले विस्तृत विवरण त आउला नै, तर मधेश प्रदेशमा हुने पटक पटकका यस्ता बैंक लुटका घटनाले सुरक्षा चुनौति थपिदिएको छ । यसअघि मधेश प्रदेशकै सिटिजन्स बैंकको शाखा, र एनएमबि बैंकको शाखा पनि यसरी नै लुटिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: