×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशबाट नेपाल फर्किंदै हुनुहुन्छ ? नबिल बैंकले सजिलै दिँदैछ १० करोडसम्म ऋण ! (भिडियोसहित)

PRIME CA

विदेशबाट नेपाल फर्किंदै हुनुहुन्छ ? नबिल बैंकले सजिलै दिँदैछ १० करोडसम्म ऋण ! (भिडियोसहित)

अर्थ सरोकार

२५ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । देशमा पढियो, सर्टिफिकेट पनि लिईयो, तर विश्वविद्यालयले दिएको त्यो सर्टिफिकेट न खान दियो, न जागिर । दियो त बस विदेश जाने कारण खोज्ने कसी । अनि त्रिभुवन विश्वविद्यालयबाट फ्रस्टेसनको भारी बोकेर एउटा शैक्षिक जनशक्ति पासपोर्ट बनाउन गयो, एयरपोर्टको गेट छिर्यो र सायद कहिल्यै फर्केर आएन । फर्केर आउनु पनि किन, जब फेरी पनि देश उस्तै छ, काम गर्ने पूँजी कसैले दिंदैन । सायद यहि पीर बुझेर होला नबिल बैंक लिमिटेडले अव विदेशबाट सीप सिकेर नेपाल आउनेहरुलाई १० करोड रुपैयाँसम्म ऋण दिने भएको छ, त्यो पनि सजिलै, आवश्यक कागजात पुगेको ती कार्यदिनभित्र ।

बैंकका अनुसार यसरी विदेशमा सिप सिकेर नेपाल फर्किएकाहरुलाई बैंकले १० करोड रुपैयाँसम्म सहजै कर्जा दिनेछ भने तपाईंको काम हेरेर १५ लाखसम्म, १६ लाखदेखि १ करोडसम्म, १ करोडदेखि ५ करोडसम्म र ५ करोडभन्दा माथि १० करोडसम्म गरेर विभिन्न स्ल्याब बनाएर कर्जा प्रदान गरिनेछ । बैंकका अनुसार यस्तो कर्जा बैंकबाट तीन दिनमै सहजै पाउन सकिन्छ । त्यसका लागि भने ऋण लिन चाहनेहरुले आफ्नो योजना बैंकमा प्रस्तुत गर्नुपर्नेछ । बैंकमा प्रस्तुत गरिएको योजनाको मूल्यांकनपछि बैंकले त्यसको सम्भाव्यता र दीर्घकालीन प्रभावका आधारमा कर्जा लिन चाहने ऋणीलाई सहज रुपमा तीन दिनमा ऋण उपलब्ध गराउने बैंकले जनाएको छ ।

बैंकका अनुसार विदेशबाट फर्किएर नेपालमै केही गर्छु भन्नेहरुका लागि प्रदान गरिने यस्तो कर्जाको अवधि कुल १० वर्षको हुनेछ भने बैंकले यस्तो कर्जामा आधार दरमा १.५ प्रतिशत प्रिमियम जोडेर ब्याज लिनेछ । बैंकको अहिलेको आधार दर ८.६१ छ । अर्थात ८.६१ मा १.५ प्रतिशत थपेर हुन आउने १०.११ प्रतिशत ब्याजदरमा सो ऋण बैंकले प्रवाह गर्नेछ । यो ऋणमा तपाईंको परियोजनालाई नै बैंकले धितोको रुपमा लिन सक्छ भने आवश्यक परेको खण्डमा थप धितो सुरक्षणसमेत बैंकले लिन सक्ने बताइएको छ ।

देशमा केहि भएन, केहि गर्न सकिएन, पूँजी नै अपुग भयो भन्नेहरुका लागि नबिलको यो प्रयास कोशेढुंगा हुन सक्छ । अझ बैंकले परियोजना हेरेर सो परियोजनालाई नै धितोको रुपमा लिनसमेत सक्ने बताएको छ । त्यसैले अव आईडियामा काम गर्नेहरुका लागि नबिल व्यवसायिक सारथी बन्न सक्छ । तर फेरी पनि, ह्या यो त झन्झटिलो होला, बैंकले कहाँ यसरी सजिलै ऋण देला र ? भनेर सुतिरहनेहरुका लागिचाहिं नेपालमा केहि गर्ने ठाउँ नभएको, नरहेको सत्य हो ।

विदेशिनु कसैको रहर हुँदैन, तर हाम्रो देशमा विदेशीनु राष्ट्रिय बाध्यताझैँ भएको छ । जन्मेपछि कुनै न कुनै बेला विदेश त जानैपर्ने । हिजो हाम्रा बुवा, काका कमाउनकै लागि विदेश जान्थे, अहिले कमाउनकै लागि पढ्ने बाहनामा विदेश जान्छन् धेरै युवाहरु । आखिर स्वदेशमा बसुन् पनि किन ? न पढ्ने राम्रो वतावरण छ, न जागिर खाने अवसर छ, न कसैले देशमै बस भन्ने आँट गर्छ, न देशमा बसेर जीवन धान्ने आधार देखिन्छ । अनि एउटा युवा किन नजाओस् विदेश ? र त आज लाखौँको ऋण र त्यो भन्दा पनि ठूलो सपनाको भारी बोकेर एउटा युवा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल परिवारमध्ये १५ लाख ५५ हजार ९ सय ६१ परिवारका २१ लाख ९० हजार ५ सय ९२ जना नेपालीहरु वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । जसमध्ये पुरुषको संख्या मात्रै झण्डै ८२.२ प्रतिशत रहेको छ । र आज पनि अधिकांश जनशक्ति जसरी हुन्छ विदेश जानुपर्छ भन्ने मनसायमा देखिन्छन् । तर, त्यहीमध्ये केही यस्ता पनि छन् जो विदेशबाट फर्किएर स्वदेशमै केही पौरख गर्ने योजनामा छन्, विदेशमा सिकेको सिप स्वदेशमा सदूपयोग गर्ने सोचमा छन्, अरुको देशमा धेरै गरियो अब आफ्नै देशमा गर्छु भन्ने अठोटमा छन् । उनीहरुका लागि नबिल बैंकको यो स्किम खास हुन सक्छ ।

भोग्नेलाई थाहा छ, विदेश गएको सुरुको वर्षभरी कमाएको पैसा जाँदा लागेको खर्च तिर्नै ठिक्क हुन्छ, दोस्रो वर्ष कमाएको पैसा घरको अन्य ऋण तिर्दा र घर खर्च चलाउँदा सकिन्छ, विदेशमा पनि खानै पर्यो, बस्नै पर्यो अनि त्यति सब गर्दा बचेको रकम नै कति हुन्छ र ? र त पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेश गएका र फर्किएर स्वदेशमै केही गर्छु भन्नेहरुका लागि मुख्य समस्या नै त्यही पैसा बनेको छ । अब सहकारीबाट ऋण लिउँ, सहकारीहरुको बिजोग छ, लघुवित्त जाउँ, लघुवित्तको अवस्था उस्तै, यता यसै पनि बैंकहरुमा ब्याजदर छोइनसक्नु छ भन्छन् व्यवसायीहरु । अनि के गर्ने ? हो यस्तै प्रश्न गर्नेहरुका लागि पनि नबिल बैंकको ऋण सुविधा केहि खास केहि फरक छ ।

तर, नबिल बैंकले ऋण दिन्छ भन्दैमा फ्याट्ट घरमा हाईहाई काढेर बसेकालाई प्लीज लिईदेउ न मेरो ऋण भनेर दिने होइन । त्यसका लागि तपाईंभित्र व्यवसायिक अठोट हुनुपर्छ । व्यवसाय गर्ने स्पष्ट तरिका हुनुपर्छ । बैंकलाई सो आईडियाले कन्भिन्स गर्न सक्नुपर्छ । यति गरिए बैंकबाट सहजै ऋण पाइन्छ ।

फेरी तपाईंहरुमा प्रश्न होला, ऋण पाउन त घुस खुवाउनुपर्छ । अहँ पर्दैन । नबिल बैंकले तपाईंको आइडिया हुँदाहुँदै कागजपत्र पुग्दापुग्दै कसैले छ्यास्स घुस माग्यो भने हामीलाई सिधै सम्पर्क गर्नुहोला । बैंकको ब्राण्ड बिगार्ने ती मतिभ्रष्टहरुलाई कार्वाही गर्नेगरी खबरदारी हामी गर्नेछौँ । त्यसैले अव केहि भएन भनेर देशलाई सरापेर होइन, गरे के सकिन्न र भन्ने विश्वासका साथ अगाडी बढे नबिल बैंकको नाराजस्तै तपाईं पनि सधैं सँगै अघि हुनुहुनेछ । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: