×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लुटियो’ नबिल बैंकको बीरगंज शाखा, सुन र फलाम गाल्ने केमिकल प्रयोग गरी भल्ट फुटाएर १ करोड चोरी !

PRIME CA
GLOBAL IME BANK

‘लुटियो’ नबिल बैंकको बीरगंज शाखा, सुन र फलाम गाल्ने केमिकल प्रयोग गरी भल्ट फुटाएर १ करोड चोरी !

१८ बैशाख २०८१, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नबिल बैंकको शाखा कार्यलय लुटिएको छ । वीरगञ्जस्थित नबिल बैंकको बाइपास शाखा आइतबार मध्यरातमा लुटिएको हो । बैंकले बैंकबाट १ करोड चोरी भएको पुष्टि गरेको छ ।

नबिल बैंकले दिएको जानकारी अनुसार आइतबार राती आएको लुटेरा समूहले सुन गाल्ने केमिकल प्रयोग गरेर भल्ट फुटाई बैंकको भल्टबाट १ करोडौँ रुपैयाँ लिएर भागेको बैंकको सिसिटिभिमा देखिएको छ । रकम लुटिएपछि सोमबार बैंकको काम कार्वाही केही समय रोकिएको थियो । मंगलबारबाट सो शाखा नियमित संचालनमा आएको छ ।

‘यस शाखामा विशेष कारणवश कारोबार हुन नसकेकोले नजिकैको वीरगञ्ज शाखा र पावर हाउस शाखाबाट कारोबार गरिदिनुहुन अनुरोध गर्दछौ । यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौँ,’ बैंक लुटिएपछि आइतबार शाखा कार्यालयको गेटमा सूचना टाँसिएर बैंकका काम कार्वाहि स्थगित गरिएको थियो ।

बैंकले दिएको जानकारी अनुसार बैंकमा भएको रकम चोरीका विषयमा बैंकले नै प्रहरीलाई खबर गरेको थियो । प्रहरीले लुटेराहरु पक्राउ गरिसकेको र लुटिएको रकम फेला नपरेको खण्डमासमेत इन्स्योरेन्स कम्पनीबाट भरपाई हुने हुनाले बैंकलाई आर्थिक क्षति नभएको दाबी गरेको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले बताए । रातको समयमा सुरक्षा गार्डसमेत नभएको मौका छोपी लुटेराहरुले रकम लुटेको प्रारम्भिक अनिसन्धानले देखाएको छ । घटनाबारे थप बुझ्न बैंकको प्रादेशिक कार्यलयबाटसमेत प्रतिनिधि घटनास्थल पुगेका छन् ।

सोही दिन नबिलको शाखा कार्यालय रहेको घरका घरबेटीको सामान पनि चोरी भएको प्रहरीको भनाई छ ।

बाइपास शाखाको गत वर्ष जेठ १८ मात्र उद्घाटन भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: