×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिकट बेचेरै ७ महिनामा नेपाल एयरलाइन्सले ८ अर्ब कमायो, कुल आम्दानी १२ अर्ब माथि

PRIME CA

टिकट बेचेरै ७ महिनामा नेपाल एयरलाइन्सले ८ अर्ब कमायो, कुल आम्दानी १२ अर्ब माथि

अर्थ सरोकार

२२ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पछिल्लो ७ महिनामा १२ अर्ब रुपैयाँ भन्दा धेरै आम्दानी गरेको छ । निगमले चालु आर्थिक वर्ष २०८० ८१ साउनदेखि माघ मसान्तसम्म १२ अर्ब २४ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको हो ।

जसमध्ये ७० प्रतिशत आम्दानी टिकट बिक्री र बाँकी ३० प्रतिशत गैरउडान तथा ननएरोनोटिकल आम्दानी रहेको निगमले जनाएको छ ।

निगमका अनुसार यसअवधिमा निगमले टिकट बेचेर मात्रै ८ अर्ब ६० करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै, निगमले ग्राउण्ड ह्याण्डलिङमार्फत ३ अर्ब ३५ करोड ६६ लाख, कार्गो तथा चार्टर सेवामार्फत १८ करोड ५२ लाख, अतिरिक्त ब्यागेज शुल्कबापत ८ करोड १४ लाख र १ करोड ८४ लाख रुपैयाँ अन्य आम्दानी गरी कुल १२ अर्ब २४ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: