काठमाडौं । संसदीय समितिले न्यारोबडी जहाज इन्जिन प्रकरणमा १५ दिनभित्र भ्रष्टाचार नभएको पुष्टि गर्ने आधार प्रस्तुत गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, पर्यटनमन्त्री हितबहादुर तामाङलगायतका सरोकारवालासँग छलफल गरेको थियो ।
त्रिभुवन विमानस्थलभित्र जहाज ग्राउण्ड ह्याण्डलिङको विषय, इयु प्रतिवेदनले औंल्याएको समस्या, न्यारोबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचार, नेपाल वायुसेवा निगमको विग्रिएको दुई न्यारोबडी जहाज इन्जिन मर्मत नगरी भाडामा लिएर चलाइएको लगायतका विविध विषयमा समितिले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग जवाफ मागेको हो ।
छलफलका क्रममा निगमका तर्फबाट अधिकारीसँगै सरोकारवालाले समितिमा दिएको जवाफ चित्त बुझ्दो नआएपछि समितिका सभापति राजकिशोर यादवले १५ दिनभित्र न्यारोबडी जहाज प्रकरणमा भ्रष्टाचार नभएको पुष्टि गर्न निगमलाई निर्देशन दिए । यादवले न्यारोबडीसँगै जहाज खरिद गर्दाको सम्झौता र निगमका अधिकारीले त्यसमा भ्रष्टाचार गरेको पाइए समितिले कारबाही गर्ने चेतावनी दिए । यादवले भने, ‘पन्ध्र दिनभित्र न्यारोबडी इन्जिन प्रकृयामा कुनै बदमासी नगरेको समितिलाई विश्वास हुने आधार पेश गर्नु ।’
यस्तै समितिले त्रिभुवन विमानस्थलभित्र जहाज ग्राउण्ड ह्याण्डलिङको विषय, इयु प्रतिवेदनले औंल्याएको समस्या समाधान गर्न निगमले चालेका कदमका सन्दर्भमा पनि जवाफ मागेको छ । निगमभित्र विभिन्न समस्या देखिएको र त्यसको मूल जरो भ्रष्टाचार भएको समतिको ठहर छ । समितिले इयु प्रतिवेदन कार्यान्वयनमा नदेखिएको तदारुकता, क्यानले दिएको २७ बुँदे निर्देशन कार्यान्वयनको अवस्थाबारे पनि सोधेको छ । साथै न्यारोबडी जहाज इन्जिन प्रकरणमा भएको भ्रष्टाचार, दुवइको निर्णयलगायतका विविध विषयमा भ्रष्टाचार नभएको पुष्टि गर्न चेतावनीपूर्ण स्पष्टिकरण मागेको छ ।
‘दुवइको निर्णय किन र कुन परिस्थितिमा भयो ? यसका पछाडि के के कारण छ ? व्यवसायिक प्रयोजनका लागि जुन फिजिबल अध्ययन भएको छ त्यो प्लानिङबारे समितिले पनि विज्ञहरुलाई समितिमा ल्याएर अध्ययन गर्छौ र कसरी जाने तय गरौंला । हामीले कोर टिम बनाएर मान्यज्यूहरु तोक्छौं । ति चारवटा विषय जुन भ्रष्टाचारजन्य लाग्छ त्यसमा समितिको भ्रम निवारण गर्नेगरी पन्ध्र दिनभित्र समितिलाई विश्वास हुनेगरी पुष्टि हुने प्रमाणसहित आउनु’ सभापति यादवले भने ।
समिति सदस्य एकनाथ ढकालले क्यान र निगम भित्र देखिएको समस्याहरुको मुख्य कारण नै भ्रष्टाचार भएको उल्लेख गर्दै समिति बनाएरै छानविन गर्नुपर्नेमा जोड दिए । समितिले बोल्दैमा निगमभित्रको समस्या समाधान गर्न समिति गठन गर्नुपर्ने माग गरेका ढकालको निगमलाई सेतो हात्ती बन्न दिनु नहुने बताए ।
‘युरोपियन युनियनले २०२३मा गरेको अनलाइन एसएसमेन्ट जुन रिपोर्ट थियो त्यसले औंल्याएका विषयमा हालसम्मको प्रगती मान्य सभापतिले सोध्नुभएको थियो, के के प्रगती भयो भन्ने कुुरा समेत आएन । ग्राउण्ड ह्याण्डलिङको अवस्था त्यस्तै छ । जहाज आएको डेड घण्टासम्म लगेज कुर्नुपर्ने अवस्था उस्तै छ । लगेज फेरि फुटाएरै बाहिर आउँछ । यि सबै समस्याको कारण भ्रष्टाचार नै हो । निगमभित्र इमान्दार मान्छेपनि छन् । हामीले दूधको दूध पानीको पानी छुट्याउन पर्छ । त्यहाँभित्रको भ्रष्टाचारको छानविन गर्नुपर्नेतर्फ गएमात्रै समस्या सामना गर्नसक्छौं । नत्र हामीले निगमको समस्याको सामना गर्न सक्दैनौ । निगमले हामीमाथि आर्थिक भार बढाउँदै लैजाने मात्रै गर्छ यसलाई सेतो हात्ती बन्न दिनुहुँदैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्