×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल फाइनान्सको नाफामा पहिरो, ईपीएस पनि घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल फाइनान्सको नाफामा पहिरो, ईपीएस पनि घट्यो

Artha Sarokar

५ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडको नाफामा भारी गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अपरिस्कृत वित्तीय विवरणमा कम्पनीको खुद नाफामा भारी गिरावट देखिएको हो । यसअवधिमा कम्पनीको खुद नाफा ८७ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा कम्पनीले १३ लाख १८ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । जुन, गत आर्थिक वर्षको तुलनामा ८७.२५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसो त समीक्षा अवधिमा कम्पनीको खुद ब्याद आम्दानी १३.२८ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ५७.८९ प्रतिशतले बढेको छ । तर, खुद ब्याज आम्दानी बढे पनि कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेपछि नाफा घटेको हो । यसअवधिमा कम्पनीको इम्पेयरमेन्ट चार्ज १ करोड ६६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, यस अवधिमा फाइनान्सको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १८.५० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८२.२३ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यसअवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ६५ पैसा घटेर २४ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात १६८२.४५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८३ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी