×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्धको रिटमा अदालतको अन्तरिम आदेशलाई नै निरन्तरता, तत्काल चुनाव नहुने !

PRIME CA

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्धको रिटमा अदालतको अन्तरिम आदेशलाई नै निरन्तरता, तत्काल चुनाव नहुने !

२३ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । संचालकहरुको योग्यतामाथि प्रश्न उठाउँदै प्राध्यापक डाक्टर ताराप्रसाद सापकोटाले हालेको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेशलाई नै निरन्तता दिने भएको छ । न्यायाधीशद्वय डा. श्री आनन्दमोहन भट्टराई र सुनिल कुमार पोखरेलको संयुक्त इजलाशले अन्तरिम आदेशले नै निरन्तरता पाउने आदेश दिएको हो ।

यसअघि अदालतले निर्वाचन प्रक्रिया अगाडी नबढाउन निर्देशन दिएपछि बैंकको संचालक समितिको निर्वाचन रोकिएको थियो । अदालतको आदेशसँगै तत्काल निर्वाचन हुने सम्भावना टरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लि , नेपाल इन्भेष्टमेन्ट मेगा बैँक संचालक समिति , नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लिको संचालक समितिको निर्वाचन गराउन नियुक्त निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठ , पृथ्वी बहादुर पाँडे , प्रजन्य राजभण्डारी , मुक्तिराज पाण्डे , मदनकुमार आचार्य , बरुण श्रेष्ठ , पर्वतकुमार कार्की र रवि महर्जनलाई समेत विपक्षी बनाएर हालिएको सो मुद्धामा आज थप सुनुवाई भएको थियो ।

साथै, बैंककै संचालक समितिको निर्वाचनको विषयलाई लिएर सेयर धनी बिकाश थापा पनि सर्वोच्चमा रिट बोकेर पुगेका छन् ।बैंकको ३७ औ बार्षिक साधारण सभाबाट संचालकहरुको निर्वाचन गर्न नियुक्त भएका निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठविरुद्धको सो मुद्धामा पनि आज सुनुवाई हुनेछ ।

निर्वाचन रोकिएपछि भएको साधारणसभामा पनि सेयरधनीहरुले बैंकका संचालकहरुको चर्को विरोध गरेका थिए । बैंकका सेयर धनीहरुले बैंकका सीइओ र अध्यक्षको चर्को आलोचना गरेको सो साधारणसभामा बैंकको संचालक समिति र सीइओको सक्षमतामाथि नै प्रश्न उठाइएको थियो ।

अदालतले अव अर्को दिनका लागि पुनस् पेशी तोक्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: