काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुनाव प्रक्रिया रोक्न आदेश दिएको छ । प्राध्यापक डा.तारा सापकोटाले हालेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश महेश शर्मा पौडेलको एक इजलाशले बैंकका नाममा कारण देखाउ आदेश जारी गर्दै बैंकको चुनाव प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
योसँगै चैत २० गतेका लागि तय भएको बैंकको चुनाव अनिश्चित भएको छ ।
त्यस्तै, अदालतले चुनाव रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै विपक्षीलाई चैत २३ गते छलफलका लागि बोलाएको छ । विपक्षीसँगको छलफलपछि सर्वोच्चले आवश्यक निर्णय गर्नेछ ।
डा.सापकोटाले सर्वोच्चमा दायर गरेको रिटमा नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लिमिटेड, बैंकको संचालक समिति, संचालक समितिको निर्वाचन गराउन नियुक्त गरिएका निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठ, बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेसहित संचालकका उम्मेदवारहरु प्रजन्य राजभण्डारी, मुक्तिराज पाण्डे, मदनकुमार आचार्य, बरुण श्रेष्ठ, पर्वतकुमार कार्की र रवि महर्जनलाई विपक्षी बनाइएको छ ।
सर्वोच्च अदालतमा डा.सापकोटाले दायर गरेको रिटमा बैंकको सञ्चालक समितिको सदस्यका लागि उम्मेदवारी दिएकाहरुका योग्यतामाथि प्रश्न उठाइएको छ । रिट निवेदकका तर्फबाट निवेदक स्वयम् डा.तारा सापकोटा लगायतले बहस गरेका थिए भने बैंकको तर्फबाट बरिष्ट अधिवक्ता शम्भु थापाले बहस गरेका थिए । यस्तो छ अदालतको आदेशको पूर्णपाठः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्