×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकद्वारा नेपाल एसबिआई बैंक सम्मानित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राष्ट्र बैंकद्वारा नेपाल एसबिआई बैंक सम्मानित

१८ बैशाख २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । राष्ट्र बैंकको ६९औं वार्षिकउत्सवको अवसरमा नेपाल एसबिआई बैंकलाई प्रशंसापत्र प्रदान गरिएको हो ।

उक्त प्रशंसापत्र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देलाई प्रदान गरेका थिए । आर्थिक वर्ष २०७९/८० भित्र बैंक तथा वित्तीय संस्थाहरु मध्ये यस बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो ।

नेपाल एसबिआई बैंक लिमिटेडले ९७ शाखा, २२ एक्सटेन्सन काउनटर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिसका साथै १२१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: