काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १२ कम्पनीको ६१ लाख ३१ हजार ६ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको १४ करोड ९८ लाख ८४ हजार ९ सय १ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा गणपति लघुवित्त, उपकार लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको १४ करोड ९८ लाख ८४ हजार ९ सय १ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सर्वोत्तम सिमेन्ट, तारागाउँ रिजेन्सी होटल, १०% एनआइएमबी डेबेञ्चर २०९०, सुर्यज्योति लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्टमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा ज्योति विकास बैंक बोण्ड २०८७ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो। ज्योति विकास बैंक बोण्ड २०८७ मा यस्तो गिरावट आउँदा मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल, मायाखोला हाइड्रोपावर कम्पनी र चिरख्वा हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्