×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार २२.७५ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आइतबार २२.७५ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

२५ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २२.७५ अंकले बढेर २०२६.८१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ११ कम्पनीको एक करोड १२ लाख १० हजार १ सय २ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ९५ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ९५ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा गुर्खाज फाइनान्स, सुर्यज्योति लाइफ इन्स्योरेस, सर्वोत्तम सिमेन्ट, नेपाल फाइनान्स र शिवम् सिमेन्टमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो। तारागाउँ रिजेन्सी होटलमा यस्तो गिरावट आउँदा कालिका लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, सुर्यज्योति लाइफ इन्स्योरेन्स र गणपति लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी