काठमाडौं । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १५ कम्पनीको ९७ लाख ८९ हजार ४ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १४ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको १८ करोड ८ लाख १० हजार ९ सय २० रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा नेपाल फाइनान्स, पोखरा फाइनान्स, इमर्जिङ्ग नेपाल, प्रभु स्मार्ट फण्ड र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको १८ करोड ८ लाख १० हजार ९ सय २० रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा गुर्खाज फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स र शिवम् सिमेन्टमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो। विन नेपाल लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा महुली लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्