काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबारका सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १५.४१ अंकले घटेर १९६९.०२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २० कम्पनीको ५६ लाख ५६ हजार २ सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको ११ करोड ५४ लाख ७९ हजार ३ सय ४७ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा प्रभु स्मार्ट फण्ड, कुमारी धनवृद्धि योजना, १०.२५% प्रभु बैंक डेबेञ्चर २०८६, मानुषी लघुवित्त वित्तीय संस्था र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको ११ करोड ५४ लाख ७९ हजार ३ सय ४७ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा जोशी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंकमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा दोल्ति पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो। दोल्ति पावर कम्पनीमा यस्तो गिरावट आउँदा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था, हिमालयन लघुवित्त वित्तीय संस्था, मोलुङ्ग हाइड्रोपावर र श्रीजनशिल लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्