×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजा आउने दिन नेप्से बन्द !

PRIME CA

राजा आउने दिन नेप्से बन्द !

१० बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द हुने भएको छ ।

सरकारले कतारका राजा नेपालको राजकीय भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै मंगलबार सेयर बजार पनि बन्द हुने भएको हो ।

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आउने भएका हुन् । उनको स्वागतका लागि राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन् ।

उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाईएको छ ।

सो दिन नेप्सेसँगै सरकारी कार्यालय, सार्वजनिक संस्था, बैंक तथा वित्तीय संस्था तथा शिक्षण संस्थाहरु बन्द रहनेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: