Skip to content
LAXMI SUNRISE BANK

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच लगानी सम्मेलनमा सम्झौता

अर्थ सरोकार

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि र कोरियन कम्पनी एम.ए.वि.सि, इन्भेष्टमेन्ट ग्रुप प्रा. लि. बीच सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन सो सम्बन्धी सहमति चीनको लागी नेपालका राजदूत विष्णु पुकार श्रेष्ठको उपस्थितिमा भएको हो। 

सम्झौतामा एम.ए.वि.सि इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारिक प्रतिनिधि  शिवराज दवाडी (माधव दवाडी) ले हस्ताक्षर गरेका हुन् ।

कोरियन कम्पनी एम.ए.वि.सि इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित उर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ। यस्तो लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK