Skip to content
LAXMI SUNRISE BANK

मापसे गरेर एनआईसी एशिया बैंक प्रवेश गरी जुत्ता चोरेर टाप, एउटै मान्छेदेखि प्रहरी पटक-पटक हैरान !

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंकको मुगु शाखामा तोडफोडको प्रयास भएको छ । मुगुमा बैंकको मूल ढोका फोडेर मापसे गरेका एक व्यक्तिले शाखा तोडफोडको प्रयास गरेका हुन् ।

बैंकको शाखामा तोडफोडको प्रसाय गर्ने ती व्यक्ति मानसिक सन्तुलन गुमाएको भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विरेन्द्र थापाले बताएका छन् । थापाका अनुसार गयराती पनि ती व्यक्तिले मापसे सेवन गरेर बैंकको सुरक्षा गार्ड बस्ने कोठाको ढोका तोडफोड गरेका हुन् ।

बैंकमा अन्य कुनै पनि क्षति भने भएको छैन । तर, मापसे सेवन गरेर गार्डको कोठमा छिरेका ती व्यक्तिले बैंकका सुरक्षा गार्डको जुत्ता भने चोरर भागेको डिएसपी थापाले बताएका छन् ।

‘तोडफोड नै चाहिँ भएको होइन, यहाँ दिनभरी रक्सी खाएर हिँड्ने एकजना मान्छे छ । राती ९ बजे, मान्छे हुँदाहुँदै बैंकको गार्ड बस्ने कोठाको चाँबी फोडेर जुत्ता चोरी भएको हो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै डिएसपी थापाले भने, ‘गार्डको जुत्ता चोर्ने व्यक्ति दुःख दिईरहने मान्छे हो, कहिले जुत्ता, कहिले मासु, कहिले आफूलाई जे चाहिन्छ त्यही चोरिरहन्छ । तर त्यो व्यक्तिले कतैबाट पनि पैसा चाहिँ चोरेको छैन ।’

बैंकको सुरक्षा गार्डको कोठमा प्रवेश गरेर जुत्ता चोरेको र सुरक्षा गार्डले प्रयोग गर्ने खुकुरी चोरी गरेको बैंकको सिसिटिभी क्यामेरामा पनि देखिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK