काठमाडौँ । सेयर बजारका बादशाहका रुपमा परिचित पुराना लगानीकर्ता निर्मल प्रधानले सरकारले छिटोभन्दा छिटो समस्याको समाधान गर्नुपर्ने बताएका छन् । शनिबार सेयर लगानीकर्ताहरूले आयोजना गरेको प्रदर्शन कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले लगानीकर्तामैत्री नीति बन्नुपर्ने, १५ करोडको क्याप खारेज गर्नुपर्ने लगायतका मागसमेत सरकारसमक्ष गरेका छन् । सेयर बजारका लगानीकर्तामा आत्मविश्वास गुम्दै गएको बताउँदै प्रधानले सरकारले बेलैमा लगानीकर्ताको घाउमा मल्हम लगाउनुपर्ने बताएका छन् ।
सरकारले लगानीकर्ताको संरक्षण गर्ने नीति लिन अव ढिला गर्न नहुने उनको भनाई छ । ‘बजारलाई संरक्षण गर्न आवश्यक छ । बैंकको ब्याज एकल विन्दुमा झर्न समेत आवश्यक छ ।’ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानले भने, ‘सरकारले १५ करोडको क्याप जुन लगाएको छ, त्यसलाई तत्काल हटाउन आवश्यक छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्