×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ब्याजदर र आम्दानीबीच तालमेल मिलाएर कर्जा कारोबार गरौँ’

PRIME CA

‘ब्याजदर र आम्दानीबीच तालमेल मिलाएर कर्जा कारोबार गरौँ’

अर्थ सरोकार

२७ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा कारोबार गर्दा बैंकको ब्याजदर र आम्दानीबीच तालमेल मिलाउन आग्रह गरेको छ । ब्याजदर र आम्दानीबीच तालमेल नमिल्दा ऋण लिने र दिने दुवै समस्यामा पर्ने भन्दै राष्ट्र बैंकले वित्तीय सचेतनाका लागि सूचना नै जारी गरेर ब्याजदर र आम्दानीबीच तालमेल मिल्नेगरी मात्रै कर्जा कारोबार गर्न आग्रह गरेको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले विभिन्न व्यक्तिलाई लक्षित गर्दै घरकर्जा, सवारी साधन कर्जाजस्ता विभिन्न कर्जामा प्रस्ताव गरेका हुन्छन् । यस्ता कर्जाको भुक्तानी अवधि निश्चित हुन्छ र ब्याजदर भने परिवर्तनीय वा स्थिर हुनसक्छ ।

स्थिर ब्याजदर तोकिएको अवधिभर परिर्तन गर्न पाइँदैन भने परिवर्तनीय ब्याजदर आधार दरमा भएको परवर्तन अनुसार हरेक महिना परिवर्तन हुन सक्छ । तर, प्रिमियम दरमा कुनै परिवर्तन गर्न पाइँदैन ।

नियमित रुपमा निश्चित आम्दानी गर्ने व्यक्तिका लागि स्थिर ब्याजदरले आम्दानी र खर्चबीच तालमेल मिलाउन सहयोग पुग्ने हुनाले कर्जा कारोबार गर्ने ग्राहकले आफूले उपभोग गर्न लागेको कर्जामा कस्तो प्रकारको ब्याजदर लागू हुँदैछ ? प्रिमियम दर कति लागू हुँदैछ ? शुल्कहरु के कस्ता छन् ? भन्ने लगायतका विषयमा पूर्ण रुपमा जानकारी लिन पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: