काठमाडौँ । बैंकहरुले इन्ट्रनलाईसमेत ‘कोर बैंकिङ’मा इन्ट्री गराएका खुलासा भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘इन्स्पेक्सन रिपोर्ट’ले यस्तो गम्भीर खुलासा गरेको हो ।
राष्ट्र बैंकको सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०७९ ८० मा विभिन्न १८ वटा बैंकहरुमा गरेको निरीक्षणका क्रममा बैंकहरुले इन्ट्रनलाई समेत बैंकको कोर बैंकिङसँग सम्बन्धित काम गर्न लगाएको भेट्टाएको हो । जुन कामलाई राष्ट्र बैंकले बैंकहरुको गम्भीर लापरवाही भनेको छ । त्यस्तै, इन्स्पेक्सनका क्रममा राष्ट्र बैंकले बैंकहरुमा विभिन्न खाले कैफियत भेट्टाएको छ ।
त्यस्तै, इन्स्पेक्सनका क्रममा राष्ट्र बैंकले बैंकहरुले जोखिम व्यवस्थापनमा कम खर्च राख्ने गरेको, रिकभरीको योजना नबनाएको, संचालक शिक्षा कार्यक्रम नबनाएको, धेरै बैंकहरुमा महिला संचालक नभएको, केहि बैंकले सीइओको कार्यसम्पादन मूल्यांकन नगरेको, जोखिम व्यवस्थापनबारे कार्ययोजना नबनाएको, फ्रेमवर्क अनुसार ऋणको जोखिमभार नतोकेको, केहि बैंकले न्युनतम पूँजीकोष कायम नगरेको, व्यवसाय निरन्तरता योजना नबनाएको लगायतका कैफियत भेट्टाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, प्रभु बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा र प्राइम कमर्शियल बैंकमा ‘फुल स्कोप’ स्थलगत निरीक्षण गरेको छ भने लक्ष्मी सनराइज, नेपाल एसबिआई, राष्ट्रिय वाणिज्य, सानिमा, एभरेष्ट, एनएमबि, माछापुच्छ्रे, कृषि विकास, नेपाल बैंक, र सिद्धार्थ बैंकमा टार्गेटेड स्थलगत निरीक्षण गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्